मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वेष्ट ईण्डिज एक दिवसीय विश्वकप क्रिकेट नजिक



-वेष्ट ईण्डिज, आसन्न एक दिवसीय विश्वकप क्रिकेट नजिक पुगेको छ । सुपर सिक्स अन्तर्गतको खेलमा गएराती घरेलु टोली जिम्बाबेलाई ४ विकेटले हराउँदै वेष्टईण्डिज तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । जिम्बाबेले दिएको २ सय ९० रनको चुनौती वेष्टईण्डिजले ६ वल अगाबै ६ विकेट गुमाएर भेट्टायो । उसको जितमा मार्लोन सामुयल्सले ८६, साई होपले ७६ र ईभिन लिविसले ६४ रनको योगदान गरे ।

यसअघि हरारे स्र्पोर्टस क्लबको मैदानमा टस जितरे ब्याटिङ गरेको घरेलु टोलीले सबै विकेट गुमाएर २ सय ८९ रनको योगफल तयार पारेको थियो । ब्रेन्डन टेलरले १ सय ३८ तथा सोलोमन मिरले ४५ रन बनाएपनि टोलीको जितका लागि पर्याप्त भएन । जासन होल्डरले ४ तथा केमार राओचले ३ विकेट हात पारे । अंक तालिकामा वेष्टईण्डिज ६ अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ भने जिम्बाबे ५ अंकका साथ दोस्रो स्थानमा झरेको छ ।

समान अंक भएपनि रनरेटमा पछि पर्दै स्कटल्याण्ड तालिकाको तेस्रो स्थानमा छ । आयरल्याण्ड ४ र अफगानिस्तानको २ अंक छ । युएई भने अंकविहिन छ । सुपरसिक्सको आफ्नो अन्तिम खेलमा वेष्ट ईण्डिजले स्कटल्याण्ड तथा जिम्बाबेले युएईसँग प्रतिस्पर्धा गर्न बाँकी छ । प्रतियोगिता अन्तर्गत आज युएई र अफगानिस्तानबीच प्रतिस्पर्धा हुँदैछ

प्रकाशित मिति : ६ चैत्र २०७४, मंगलबार  ५ : २३ बजे