मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कृषि उत्पादनमा वृद्धि ल्याउन भूमि बैंक स्थापना गर्नुपर्छ : मन्त्री खनाल



कपिलवस्तु । खेतीयोग्य जमिनको बढीभन्दा बढी उपयोग गरी कृषि क्षेत्रको आधुनिकीकरणका लागि भूमि बैंक स्थापना गर्नुपर्नेमा कृषि भूमि व्यवस्थापन तथा सहकारीमन्त्री चक्रपाणि खनालले जोड दिएका छन् ।

प्रेस सेन्टर नेपाल र प्रेस चौतारी नेपालका जिल्ला शाखाले संयुक्तरुपमा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा उनले कृषि उत्पादनमा वृद्धि ल्याउन भूमि नीति र भूउपयोग नीति आवश्यक रहेको बताए  ।

अब सबै खेतीयोग्य जमिनमा चक्लाबन्दीको कार्य अगाडि नबढाइए कृषि उत्पादनमा वृद्धि आउन नसक्ने उनको भनाइ थियो । खेतीयोग्य जमिनको प्लटिङका नाममा बढ्दो खण्डीकरण रोक्न भूमि नीति र ती भूमिको अधिकतम उपयोग गर्न भूउपयोग नीति आवश्यक रहेको उनको तर्क थियो । भूमिसम्बन्धी पुराना कानून संशोधन वा नयाँ कानून ल्याएर कार्यान्वयन गर्नुपर्नेमा मन्त्री खनालले जोड दिए ।

अब जमिन बाँझो राख्नेउपर निगरानी गरी बाँझो जमिनलाई स्थानीय तहको अधिनमा लिई त्यस्ता जमिनलाई कृषि उपयोगमा कसरी ल्याउनेबारे छलफल भइरहेको उनले बताए ।

प्रधानमन्त्री कृषि कार्यक्रमअन्तर्गत एक हजार हेक्टर जग्गा एकिकरण गरेर व्यावसायिक खेती गर्ने र थुप्रै बिगाहा खेत बाँझो राख्ने प्रवृत्ति निरुत्साहित गर्न स्थानीय सरकारले नियन्त्रणमा लिएर खेती गर्ने अवस्था सिर्जना गर्न आवश्यक रहेको उनको भनाइ थियो ।  समाचार श्रोत—  रासस

प्रकाशित मिति : १८ चैत्र २०७४, आइतबार  १० : ४३ बजे