मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लगानीकर्तालाइ खुसिको खबर, बढ्न थाल्यो नेप्से



काठमाडौं चैत, २०–
मंगलबार भने नेप्से बढेको छ । नेप्से बढ्दा लगानीकर्ताहरु उत्साहित देखिएका छन् । आज नेप्से ६ दशमलव चार अंकले बढेर ११ सय ९९ दशमलव अंकमा पुुगेको छ । सेन्सिटिभ पनि शुन्य दशमलव ९८ अंकले बढेर दुुई सय ५५ दशमलव ९९ अंकमा पुुगेको छ । एक सय ६० कम्पनीहरुको तीन हजार पाँच सय ८४ वटा कारोबारमा छ लाख ६६ हजार पाँच सय ९६ कित्ता सेयर किनबेच भएका छन् भने कारोबार रकम २१ करोड ८१ लाख ६६ हजार तीन सय १६ रुपैयाँ पुुगेको छ ।
नेप्सेका आज १० वटै समुहको कारोबार भएकोमा नौ वटा समुहले कमाएर फाईनान्स समुहले गुमाएको छ । बाणिज्य बैक समुहको सुचक तीन दशमलव ३९ अंकले बढेर एक हजार ८१ दशमलव २५ अंकमा पुुगेको छ भने १० करोड तीन लाख ८४ हजार रुपैयाँको सेयर किनबेच भएको छ । ट्रेडिङ समुहको सुचक पनि दुुई दशमलव सात अंकले बढेर दुुई सय एक दशमलव ७६ अंकमा पुुगेको छ भने दुुई लाख ८६ हजार छ सय ९५ रुपैयाँको सेयर किनबेच भएको छ । बिकास बैक समुहको सुचक ११ दशमलव १८ अंकले बढेर १४ सय २९ दशमलव ९४ अंकमा कायम रहेको छ भने एक करोड १७ लाख ६० हजार आठ सय रुपैयाँको सेयर किनबेच भएको छ ।

आज जलबिद्युुत, बीमा, होटल, उत्पादमुुलक, अन्य र लघुबित्त समुहको कारोबार सुचक पनि उच्च अंकले बढेका छन् । आज कमाउने र गुुमाउने कम्पनीहरु यस्ता रहेका छन् ।
कमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)
क्रस    कम्पनीको नाम      आजको कारोबार भएको मुल्य         आजको बढेको मुल्य
१    नेपाल कम्युनिटी ड.े बैक    १२६            ६.७८
२    समता माईक्रो फाईनान्स    ६१९            ४.९२
३    शुुर्या लाईफ इन्स्योरेन्स        ६६७            ४.२२
४    युनिलिभर नेपाल लिमिटेड    २५६३७            ४.०३
५    बुुटवल वार कम्पनी        ४६९            ३.९९
गुुमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)
क्रस    कम्पनीको नाम         आजको कारोबार भएको मुल्य         आजको घटेको मुल्य
१    बरुण हाईड्रो पावर कम्पनी    १८३                ५.६७
२    अरुण हाईड्रो पावर कम्पनी    १४७                ५.१६
३    ललितपुर फाईनान्स        १६४                ३.५२
४    सप्तकोशी डेभलपमेन्ट बैंक    १२१                ३.२
५    महिला सहयात्रा बित्तीय संस्था    ५७६                २.७०

प्रकाशित मिति : २० चैत्र २०७४, मंगलबार  १० : ५४ बजे