मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चिकित्सक हरुले आन्दोलन जारी राख्ने, बार्तामा भएन सहमती



सोमबार १८ भदौ,२०७५
काठ्मान्डौ

अान्दाेलनमा उत्रिएका चिकित्सकहरुलाई स्वास्थ्य राज्यमन्त्री सुरेन्द्रकुमार यादवले बोलाएर मन्त्रालयमा भएको बार्ता बिना निश्कर्स टुङगिएको छ भने चिकित्सकहरु राज्यमन्त्रीको आश्वासनले केही नहुने भन्दै यो विषय प्रधानमन्त्री स्वयंले सम्बोधन गर्नु पर्ने निश्कर्स मा आफुहरु पुगेकोले घोशित आन्दोलन जारी राख्ने नेपाल चिकित्सक संघले बताएको छ ।

मुलुकी फौजदारी (संहिता) ऐनमा भएका उपचारसम्बन्धी व्यवस्था संशोधनको माग गर्दै मुलुकभरका चिकित्सकहरु अाइतबारदेखि आन्दोलित छन्।चिकित्सकहरुले अाइतबार दिउँसोनै मेडिकल काउन्सिल पुगेर लाइसेन्सका नक्कल बुझाए भने हिजै भदौ चौबिस गते सम्मका लागि आन्दोलनका कार्यक्रम सार्वजनिक गरी सकेका छन । चिकित्सकहरुले मुलुकी अपराध संहिताको विरोधमा देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा ठप्प पार्दा धेरैले सास्ती व्यहोरेका छन् । सरकारी अस्पताल पुगेका विरामी चिकित्सकको आन्दोलनका कारण उपचार बिनै घर फर्किन बाध्य भए । तर चिकित्सकहरुले भने संहिता संशोधनको माग सम्वोधन नभए अनिश्चितकालीन आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।

मुलुकी अपराध संहितामा चिकित्सकको लापर्बाहीले बिरामीको मृत्यु वा अंगभंग भएमा पाँच वर्षसम्म कैद र ५० हजार रूपैयाँसम्म जरिवानाको व्यवस्था छ नयाँ कानुनले चिकित्सकहरुमा त्रास पैदा गरेको भन्दै घोशित आन्दोलन जारी रख्ने नेपाल चिकित्सक संघले बताएको छ । विरोधस्वरुप ६ हजार चिकित्सकको लाइसेन्स नेपाल मेडिकल काउन्सिलमा बुझाएको स‌ंघले स‌ंहिता स‌ंशोधनको माग तत्काल संबोधन नगरिए उपचार सेवा अनिश्चितकालका लागि ठप्प पार्ने चेतावनी दिएको छ ।

यसै बिच चिकित्सक हरे को आन्दोलन थप बढ्ने र सरकार थप अफ्ठेरोमा पर्ने भय ले आन्दोलन का प्रती सरकार सजग देखिएको छ । मुलुकी फौजदारी (संहिता) ऐनमा संशाेधनकाे माग गर्दै अान्दाेलनमा उत्रिएका चिकित्सकहरुलाई स्वास्थ्य राज्यमन्त्री सुरेन्द्रकुमार यादवले बोलाएर मन्त्रालयमा भएको बार्ता बिना निश्कर्स टुङगिएको छ भने चिकित्सकहरु राज्यमन्त्रीको आश्वासनले केही नहुने भन्दै यो विषय प्रधानमन्त्री स्वयंले सम्बोधन गर्नु पर्ने निश्कर्स मा आफुहरु पुगेकोले घोशित आन्दोलन जारी राख्ने नेपाल चिकित्सक संघले बताएको छ ।

घोशित आन्दोलनका कार्यक्रम एस्ता रहेका छन ।

मंगलबार – मंगलबारदेखि आकस्मिक बाहेकका अन्य अन्तरंग सेवामा बिरामी भर्ना गर्ने कार्य बन्द ।
बुधबार – बुधबारदेखि आकस्मिक सेवा बाहेकका अन्य अपरेशनहरु बन्द ।
बिहिबार– बिहिबारदेखि आकस्मिक सेवा बाहेकका ल्याब तथा रेडियोलोजी सेवाहरु बन्द ।
शुक्रबार– शुक्रबारदेखि आकस्मिक बाहेकका ओपिडी लगायत सम्पूर्ण स्वास्थ्य सेवाहरु संघका मागहरु सम्बोधन नभएसम्म बन्द ।

गएको भदौ १ गतेदेखि कार्यान्वयनमा आएको मुलुकी अपराध संहितामा उपचार गर्दा डाक्टरको लापरवाहीले बिरामीको मृत्यु भए अथवा अंगभंग भए पाँच वर्षसम्म कैद र ५० हजार रूपैयाँसम्म जरिवाना हुने व्यवस्था संशोधनको माग चिकित्सकहरुले गरिरहेका छन् ।

प्रकाशित मिति : १८ भाद्र २०७५, सोमबार  २ : २१ बजे