मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सैन्य अभ्यास देशको हित विपरित — नेकपा बरिष्ठ नेता झलनाथ खनाल



काठ्मान्डौ — भदौ २२

नेकपाका बरिष्ठ नेता तथा पुर्वप्रधानमन्त्री झलनाथ खनालले प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जे भन्यो, त्यही गर्दै गइरहेको आशय व्यक्त गर्दै पुर्वप्रधानमन्त्री खनालले सैन्य अभ्यास देशको हित विपरित भएको र प्रधानमन्त्रीले आफ्नो सुरमा जे मन लाग्यो त्यही गर्न नपाउने बताउनुभयो ।

नेकपाका बरिष्ठ नेता तथा पुर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टी भित्र भएको अन्यायका विरुद्धमा संघर्ष गर्न कार्यकर्ताहरुलाई आह्वान गर्नुभएको छ ।

पार्टीमा अन्याय भइरहेकाले आफुले पनि संघर्ष गरिरहेको बताउदै उहाँले अन्याय सहेर नबस्न कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषी धमलासँग कुराकानी गर्दै नेता खनालले भन्नुभयो, पार्टी भित्र अन्याय भएको छ, लडाइ जारी छ, मैले संघर्ष गर्छु, अन्याय विरुद्ध कार्यकर्ता साथीहरु पनि पद्धतिपुर्वक लड्नुस् ।

पार्टी नेतृत्वप्रति चर्को असन्तुष्टी व्यक्तगर्नु भएका नेता खनालले पार्टीमा फोहोरको ठूलो डंगुर रहेको बताउदै त्यसलाई सफा गरेमात्रै पार्टी बलियो हुने तर्क गर्नुभयो । उहाँले भन्नुभयो, पार्टी सामुहिक नेतृत्वमा चल्नुपर्छ, व्यक्तिबादी भयो भने पार्टी कमजोर हुन्छ, त्यस तर्फ तत्काल ध्यान दिनुपर्ने अवस्था छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट हटाउन सकिने संकेत गर्दै बरिष्ठ नेता खनालले नेकपाले चाहेमा प्रधानमन्त्री परिवर्तन गर्न सक्ने र आलोपालो पनि हुन सक्ने स्पष्ट पार्नुभयो ।

प्रकाशित मिति : २२ भाद्र २०७५, शुक्रबार  ३ : १४ बजे