पीडित निर्मला पन्त र उनको परिवारको न्यायका लागि देशैभर दोश्रो चरण को न्यायिक आन्दोलन शुरु



काठमाडौँ —

निर्मलाका वास्तविक हत्यारा पत्ता लगाउनु पर्ने, अनुसन्धानमा खटिएका प्रहरी अधिकारीहरूलाई कारवाही गर्नुपर्ने, प्रधानमन्त्रीले झुटो बोलेकोमा माफी माग्नुपर्ने, अनुसन्धानमा संलग्न सिआईबीको टोलीलाई कारवाही गर्नुपर्ने, अपराधीलाई सरकारले संरक्षण गर्न नहुने लगायतका माग गर्दै बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको न्याय का लागि देशैभर दोस्रो चरणको न्यायिक आन्दोलन सुरु भएको छ ।

आज बालिका निर्मला पन्तको लागि न्याय माग्दै राजधानीमा प्रदर्शन भएको छ । राजधानी माइतीघरबाट मण्डलाबाट निस्किएको प्रदर्शनमा सयौंको संख्यामा निर्मलाका अामाबुवासँगै अधिकारकर्मी, नागरिक अगुवा, पत्रकार, विद्यार्थी लगायत प्रदर्शनकारीहरु माइतीघरबाट जुलुससहित नयाँ बानेश्वर पुगेर चोकमा धर्ना दिएका थिए ।

तेस्तै काङ्रेस भातृ सँगठन नेविसंघको नेतृत्वमा कञ्चनपुरको महेन्द्रनगरमा पनि आन्दोलन सुरू भएको छ । आन्दोलनमा शनिबार महेन्द्रनगर बजार बन्द गर्नुका साथै आन्दोलनकारिले चोक चोकमा टायर बालेर प्रदर्शन गरेका छन् ।

निर्मलाको हत्या भएको शनिबार ५२ दिन पुगेको छ । तर हत्यारा अझै पत्ता लाग्न सकेको छैन । प्रहरीले प्रमाण नष्ट गरेको, अपराधीलाई राज्यले नै संरक्षण गरेको र प्रधानमन्त्रीले नै झुठो बोलेकोप्रति कञ्चनपुरवासीमा तीव्र आक्रोश छ भने स्थानीय जनप्रतिनिधिप्रति पनि अविश्वास पैदा भएको छ ।
नेविसंका नेता किशोर जोशीले निर्मलाका परिवारले न्याय नपाएसम्म आन्दोलन जारी रहने बताए ।

प्रकाशित मिति : ३० भाद्र २०७५, शनिबार  १० : ११ बजे