मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यस पटकको दशैमा पनि मेलम्चिको पाइपबाट हावा मात्रै आउने



यस अघी सरकारका मन्त्री हरुले पटक पटक यसपालि दसैँमा काठमाडौंका बासिन्दालाई मेलम्चीको पानी उपहारस्वरूप दिने बताउँदै आए पनि सम्भव नहुने निश्चित भएको छ ।

अझै १२ किलोमिटर सुरुङमा ढलानको काम बाँकी नै रहेकाले पानी तत्काल काठमाडौं ल्याउन सम्भव नहुने भएकोले यो पटकको दशैमा पनि मेलम्चिको पाइपबाट हावा मात्रै आउने भएको हो ।

यसअघि ०७५ को दसैँअघि नै मेलम्चीको पानी काठमाडौंमा झार्ने बताएको मेलम्ची खानेपानी आयोजनाले नै अब सम्भव नहुने बताएको छ ।

मेलम्ची खानेपानी आयोजनाले युद्धस्तरमा काम भइरहेको बताए पनि दसैँअघि काम नसकिने मेलम्ची खानेपानी आयोजनाका अधिकारिहरुले बताएका छन । ‘ढलान गर्न बाँकी १२ किलोमिटर सुरुङमध्ये दसैँअघि दुईतिहाइ पूरा हुने सम्भाबना रहेको मेलम्ची खानेपानी आयोजनाका अधिकारिहरुले बताएका छन ।

सुरुङमा एउटा मात्र गाडी चलाउन मिल्ने भएकाले पनि काम छिटो गर्न समस्या भएको अधिकारिहरुको गुनासो रहेको छ ।

सरकारी ढिलासुस्ति,बिचमा पर्ने चाड्बाड्,लगायतले काममा आउनसक्ने अबरोध लाई हेर्दा मेलम्चिको पानी उपत्यकाबासिको धारामा आइपुग्न अझै अर्को दशैसम्म कुर्नुपर्ने देखिन्छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७५, आइतबार  ६ : ५४ बजे