मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कालिमाटीको तरकारी तथा फलफूल बजारका ५१ स्टलको सम्झौता सरकारद्वारा खारेज



काठमाडौं असोज, २–

केही समयअघि नै बजारको अनुगमन को क्रममा अनुगमनकर्ता सग ब्यापरी को झगडा समेत कालिमाटी तरकारी तथा फलफूल बजारका ५१ वटा तरकारी स्टलको सम्झौता सरकारले खारेज गरेको छ। कारोबारमा संलग्न नभई दोस्रो व्यक्तिलाई भाडामा लगाइएका स्टलहरू खारेज गरिएका हुन्।

यसअघि मन्त्रालयले ६ वटा स्टलको सम्झौता खारेज गरेको थियो।

केही समयअघि नै बजारको अनुगमन गरी मन्त्रालयले त्यहाँका स्टलको वर्गीकरणसमेत गरेको थियो। जसअन्तर्गत स्टलहरुलाई रातो, निलो, पहेंलो र सेतो गरी चार तहमा छुट्याइएकाे थियाे।

रातो सूचीमा परेका अन्य १६ वटालाई सुधार गर्ने सर्तमा सफाई दिइएको र अन्य २६ वटालाई सफाइ दिइएको मन्त्रालयले बताएको छ।

प्रकाशित मिति : २ आश्विन २०७५, मंगलबार  ११ : ५३ बजे