मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

श्रीमतीलाई सांसद बनाउन किन नपाउने ? सांसद र आयुक्तबीच चल्यो जुहारी



१८ असोज, काठमाडौं–

सिंहदरबारस्थित प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा निर्वाचन आयोगका प्रतिनिधि र सभासद्बीच बुधबार जुहारी नै चल्यो ।

सांसद्हरूले सभासद् हुन पाउने लगायतका विषयमा आयोगको क्लष्टर के हो भनेर आयुक्तहरूलाई ¥याख ¥याप्ती पारे भने आयुक्तहरूले आयोगले यो वर्ष नौ नौवटा निर्वाचन गरेर अन्तर्राष्ट्रिय रेकर्ड कायम गरेकाले गिनिज बुकमा नाम लेखाइदिन सभासद्हरूलाई व्यङ्गयात्मक जवाफ दिए ।

‘मैले विश्वकर्मासँग बिबाह गरें भने मेरी श्रीमतीले कैले विश्वकर्मा त कैले जनजाति भनेर सांसद हुन पाउने कि नपाउने ? आयोगको क्लष्टरप्रतिको बुझाई के छ प्रष्ट हुन चाहन्छु’ भन्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद् बिजय सुब्बाले प्रश्न गरे ।

उनले समानुपातिक निर्वाचन प्रणालीतर्फ छुट्याइएको व्यवस्थाले एउटै व्यक्तिलाई विभिन्न जातजाति र समुदायका नाममा पटकपटक सांसद बन्ने अवसर मिलेकोप्रति असहमति जनाउने क्रममा उक्त कुटनीतिक प्रश्न राखेका हुन् ।, यो खबर आजको नेपाल समाचारपत्रमा छ ।

प्रकाशित मिति : १८ आश्विन २०७५, बिहिबार  ६ : ०३ बजे