मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

 रौतहटको गौरबाट स्वतन्त्र मधेस अभियन्ता सीके राउत पक्राउ , डेढ सय मोटरसाइकलको र्‍याली र राज्य विरोधी नारा



गौर

  संगठित अपराधको मुद्दाको तारेख लगाउन जनकपुरबाट गौर आएका सीके राउत दुई कार्यकर्तासहित पक्राउ परेका छन् । रौतहटको गौर नगरपालिका भन्सार रोडबाट उनलाई प्रहरीले पक्राउ गरेको हो ।

तराई–मधेसमा स्वतन्त्र मधेस अभियान चलाउँदै आएका सीके राउत लाई राज्यविरुद्धको अपराध गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  । सीके राउत  संगठित अपराधको मुद्दाको तारेख लगाउन जनकपुरबाट गौर आएका थिए ।

उनी अदालतबाट बाहिरिँदा सय डेढ सय जनाको मोटरसाइकल र्‍याली निस्किएको र राज्य विरोधी नारा लगाएपछि  पक्राउ गरिएको रौतहट प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २१ आश्विन २०७५, आइतबार  १ : २८ बजे