मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस नेता प्रकाश सिंह कार्की निर्यात प्रवर्द्वन समितिको सभापतिमा मनोनित



काठमाडौं–

नेपाल उध्योग बाणिज्य माहासंघले नेपाल फ्रेट फर्वार्ड एसोसिएसनका अध्यक्ष तथा नेपाल उध्योग बाणिज्य माहासंघ कार्यकारिणी समिति सदस्य प्रकाश सिंह कार्किलाई निर्यात प्रवर्द्वन समितिको सभापति पदमा मनोनित गरेको छ । समितिका सदस्यहरु पनि मनोनित भइसकेका र बाकी केहि सदस्यहरु पनि मनोनित गरेर समितिलाई पुर्णता दिइने निर्यात प्रवर्द्वन समितिका सभापति कार्किले बताए ।

नेपाल सरकार्, निजी क्षेत्र लगायत सबैलाई नेपालको आयातमुखी अर्थतन्त्रलाई निर्यातमुखी बनाउनुपर्ने चुनौती रहेको बताउदै उत्पादन र निर्यात बढाउन सरकारले तदारुकताका साथ काम गर्नुपर्ने र सरकारलाई सहयोग गर्न नेपाल उधोग वाणिज्य महासंघ तयार रहेको कार्कीले  बताएका छन ।

नेपालबाट सामान निर्यात गर्दा झेल्नुपर्ने प्रशासनिक झमेलाको अन्त्यका लागी आफुले काम गर्ने र यस क्षेत्रका बिज्ञ बिशेशज्ञ हरुको समेत साथ लिएर सरकारलाई उचित सल्लाहा सुझाब दिने समेत कार्किले बताए ।

नेपाली काङ्रेस सोलुखुम्बुका नेता समेत रहेका ब्यबसायी कार्कि पछिल्लो समय राजनीति मार्फत बिभिन्न सामाजिक काम र समाज सेवा मा समेत सकृय रहेका छन ।

आर्थिक अवस्था कमजोर रहेका जेहेन्दार बिधार्थिहरुलाई पढाइमा सहयोग पुर्याउने, सोलुखुम्बु जिल्लाका यातायात नपुगेका गाउबस्तिहरुमा बिरामी बोक्ने स्टेचर पुर्याउने लगायतका काममा हाल सकृय रहेका कार्किले अब आफु निरन्तर राजनिती सगै सामाजिक काममा समेत लागी रहने बताउने गरेका छन ।

प्रकाशित मिति : २५ आश्विन २०७५, बिहिबार  १० : १२ बजे