मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निर्माण व्यवसायी शरद गौचन हत्याकाण्डका थप तीन  अभियुक्त पक्राउ



काठमाडौं कात्तिक, १२–

निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन हत्याकाण्डका थप तीन  अभियुक्त रोशन बुढाथोकी, अम्बर बहादुर रानामगर र लोप्साङ लामा पक्राउ परेका छन् ।  महानगरीय अपराध महाशाखाको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उच्च प्रहरी स्रोतका अनुसार  उनीहरुलाई आज नै पक्राउ गरिएको हो ।

महाशाखाका एसपी सोमेन्द्रसिंह राठौरको विशेष टोलीले उनीहरुलाई झापाबाट पक्राउ गरेर काठमाडौं ल्याएको हो । महाशाखाले केहीबेरमै पत्रकार सम्मेलन गरेर पक्राउबारे जानकारी दिने भएको छ । यसअघि केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) को टोलीले मुख्य योजनाकार समीरमान सिंह बस्नेतलाई पक्राउ गरेको थियो ।

 

प्रकाशित मिति : १२ कार्तिक २०७५, सोमबार  ९ : ४३ बजे