मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एशिया प्यासिफिक समिटका कारण नेकपाको बिबाद झन उत्कर्षमा, शीर्ष नेताहरुबीचनै कित्ताकाट



काठमाडौं मंसिर, १८–

पछिल्लो समय सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र शीर्ष नेताहरुबीच कित्ताकाटको अवस्था देखिएको छ । नेपालमा निकै विवादित बनेको एशिया प्यासिफिक समिट नेकपाका शीर्ष नेताहरुबीचको विवादको मूल चुरो मानिएको छ । अहिले नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको एशिया प्यासिफिक समिटमा सहभागीताको बिषयलाई लिएर पार्टीका शीर्ष तहकै नेताहरु प्रधानमन्त्री ओली विरुद्ध खनिएका छन् ।

प्रधानमन्त्री ओलीले विवादस्पद संस्थाको कार्यक्रममा सहभागीता जनाएर नेपालको अस्मिता, गरिमा र धार्मिक संस्कारमाथि प्रहार गरेको आरोप जनस्तरबाट भन्दै शीर्ष नेताहरु खनिएपछि यतिबेला प्रधानमन्त्री ओली तनावमा रहेको नेकपा निकट एक नेताले जनाए ।

ओलीविरुद्ध अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, शीर्ष नेता वामदेव गौतम लगायतका प्रभावशाली नेताहरु उत्रिएका छन् । उता नेता भीम रावलले त झन् खुलेर विरोध गरेका थिए । उनले प्रधानमन्त्री ओलीको राजीनामा समेत मागेका छन् । त्यस्तै, नेता रावलले युनिभर्सल पिस फाउण्डेशनका नेपालका अध्यक्ष एकनाथ ढकाललाई तत्काल कारबाही गर्नुपर्ने समेत माग गरेका छन् ।

उक्त समिटमा निमन्त्रणा गरिएको भएपनि नेकपाका प्रायः सबै शीर्ष नेताहरुले सहभागिता जनाएनन् । अध्यक्ष प्रचण्डसमेत गएनन् । समापन समारोहमा प्रचण्डलाई मुख्य अतिथि बनाईएको थियो । तर, प्रचण्ड विरामी भएको बहाना बनाएर गएनन् ।

प्रधानमन्त्री ओली पनि खासै यसमा सहभागी हुन ईच्छुक थिएनन् । तर, पार्टीकै बरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधव नेपालको जालमा परेर फसेको भन्नेहरुपनि पार्टीभित्रै ठूलो आवाज छ । माधव नेपालका कारण अध्यक्ष एवम् प्रधानमन्त्री ओली समिटमा सहभागी भएको भनेर नेता नेपालको पार्टी भित्र र बाहिर निकै आलोचना भैरहेको छ ।

प्रकाशित मिति : १८ मंसिर २०७५, मंगलबार  ११ : २६ बजे