मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जनकपुरधाममा आज भगवान् सीताराम विवाह पञ्चमी महोत्सव भब्य रुपमा मनाइदै



मङ्शिर २६, जनकपुरधाम

मिथिला क्षेत्रमा (जनकपुरधाम)मा आज बुधबार भगवान् सीताराम विवाह पञ्चमी महोत्सव मनाइँदै छ। मिथिलाका पौराणिक राजा जनककी छोरी सीताको विवाह भएको दिनको स्मरणमा मिथिलावासीले यसलाई पौराणिक मान्यता अनुरुपनै महोत्सवका रूपमा मनाउने गरेका छन्।

सीतालाई छोरी–बहिनीका रूपमा मान्ने मिथिलावासी महोत्सवमा देवीदेवताको सहभागिता सशरीर नभए पनि अदृश्य रूपमा उपस्थित हुने विश्वासले हर्ष र उल्लासका साथ प्रतिछायाँ जन्तीको आगमनदेखि बिहेसम्ममा सहभागी हुने गरेका छन्।

विवाह पञ्चमी महोत्सव प्रती भारतीय हरुको पनि उत्तिकै श्रद्दा र सहभागिता रहने गरेको छ । विवाह पञ्चमीमा भागवान राम र सिता को बिबाहा को स्मरण गर्दै भारतको आयोध्या बाट बाजागाजा र जन्ती सहित सहभागी भएर ठुलो शङ्ख्यामा श्रद्दालुहरु जनकपुरधाम आउने गरेका छन ।

यस पटक भारतको अयोध्याबाट आएको जन्तीमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको सहभागिता रहने छ। मुख्यमन्त्री योगी लखनउबाट विशेष विमानमा जनकपुरधाम आई महोत्सवमा सहभागी हुने कार्यक्रम छ।

प्रकाशित मिति : २६ मंसिर २०७५, बुधबार  ४ : ११ बजे