काठमाडौं मंसिर, २६–
नेपाली कांग्रेसले महासमिति बैठक कार्यक्रमको समय तालिका सार्बजनिक गरेको छ ।
केन्द्रिय समितिको बैठक पनि चलिरहेको र महासमितिमा पेश गरिने प्रस्ताब हरु तयारी गर्ने लगायतका कामका लागी समय अभाबका कारण महासमिती बैठक थोरै समय पछी सर्न सक्ने अनुमान हुँदै गर्दा आज पार्टिका मुख्य सचिब कृष्ण पौडेलले प्रेस बिज्ञप्ती जारी गरेर महासमिति बैठक कार्यक्रमको समय तालिका सार्बजनिक गरेका हुन ।
केन्द्रिय समितिले अनुमोदन गरेर महासमितिमा पेश गर्ने प्रस्ताबहरु तयार भैरहेको र केन्द्रिय समिती बैठक पनि जारी रहेको पार्टिका केन्द्रिय सदस्य एबम युबा नेता गुरुराज घिमिरेले न्यू सञ्चारलाई बताए ।
तेस्तै महासमिती बैठक सम्पन्न गर्न स्थानिय जिम्मेवारिका कामहरुमा आफुहरु तल्लिन रहेको स्थानिय ब्यबस्थापन समितिका सम्योजक तथा भक्तपुर कांग्रेसका शभापती दुर्लभ थापाले बताए ।
उपत्यकाका महत्वपूर्ण सबै सडकहरुमा पार्टिका झाण्डा टाङ्ने काम लगभाग सकिएको र स्वागत द्वारहरु बनाउने लगाएतका अन्य कामहरु पनि तिब्र गतिमा अघाडी बढीरहेको सम्योजक एबम भक्तपुर कांग्रेसका शभापती थापाले न्यू सन्ञ्चारलाई बताए ।
नेपाली कांग्रेसको महासमिति बैठकको कार्यक्रम समय तालिका
१. रजिष्ट्रेशन एवं स्वागत — मंसिर २८ गते
समय ः अपरान्ह २ देखि ५ बजेसम्म
स्थान ः नेपाली कांग्रेस केन्द्रीय कार्यालय ।
२. उद्घाटन समारोह — मंसिर २९ गते
समय ः विहान ११ः०० बजे ।
स्थान ः यगम्बर पार्टी प्यालेस (सिंहदरवार अगाडि)
३. बन्द सत्र — उद्घाटन समारोह समापन लगतै बन्द सत्र प्रारम्भ
स्थान ः यगम्बर पार्टी प्यालेस ।
४. बन्द सत्र — पुस १, २ र ३ गते
समय ः विहान ८ देखि बेलुकी ५ बजेसम्म
स्थान ः यगम्बर पार्टी प्यालेस ।