काठमाडौं– सञ्चारमन्त्री एबम सरकारका प्रबक्ता गोकुल बास्कोटाले विहीवार पत्रकार सम्मेलन मार्फत मंसिर २४ को मन्त्रिपरिषदले गरेका निर्णय सार्वजनिक गरेका छन ।
मन्त्री परिषदले साना किसानको ऋण मिनाहा, भारतीय नोटमा प्रतिबन्ध, कपडा उद्योगीलाई बैंकको ब्याजमा अनुदान र भन्सारमा छुट लगायतका निर्णय गरेको मन्त्री बास्कोटाले जनाए ।
करिब ७ सय किसान लाभाम्वित हुने गरी साना किसानको ऋण मिनाहा गरिएको र किसानले लिएको ऋण (साँवा र ब्याज) अब सरकारले बैंकलाई तिर्ने निर्णय सरकारले गरेको हो ।
तेस्तै सरकारले भारतीय नोटमा प्रतिबन्ध समेत लगाएको र दुई सय, पाँच सय र दुई हजारका नोटहरु ल्याउन र साथमा राख्न गैर कानुनी हुने भएकोले यी नोटहरु चलनचल्तीमा नल्याउन र साथमा नबोक्न सूचना प्रकाशन गर्ने निर्णय समेत गरेको छ ।
सरकारले आन्दोलनरत कपडा उद्योगीको माग सम्बोधन गर्दै बैंकको ब्याजमा अनुदान र भन्सारमा छुट दिने निर्णय समेत गरेको मन्त्री बास्कोटाले जानकारी दिए।