मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

इसाई धर्म मानेका पूर्वप्रधानमन्त्री गिरिको हिन्दू संस्कारबाट आज अन्त्येष्टि गरिदै



काठमाडौं –

मंगलबार निधन भएका पूर्व प्रधानमन्त्री डा तुलसी गिरीको बुधबार दिउँसो ३ बजे पशुपति क्षेत्रमा रहेको विद्युतीय शब दाह गृहमा दाह संस्कार गरिने भएके छ । मंगलबार बिहान आफ्नै निवास बूढानीलकण्ठमा उनको ९३ वर्षको उमेरमा निधन भएको हो ।

अन्तिम अवस्थामा पुगेपछि उनलाई भैंसेपाटीस्थित मेडिसिटी अस्पतालबाट घरमा ल्याइएको थियो । सोही क्रममै उनको निधन भएको थियो । पञ्चायत कालमा उनी पटकपटक प्रधानमन्त्री भएका थिए । पछिल्लो पटक पूर्वराजा ज्ञानेन्द्र शाहले शाहीकाल लगाउँदा उनी मन्त्रिपरिषदका उपाध्यक्ष भएका थिए ।

श्रीमती साराह योन्जनसँग विवाह गरेपछि उनी यो धर्ममा लागेका थिय । परिवार श्रोतका अनुसार उनले इसार्इ धर्मको ‘जेवुहा विटनेस’ सम्प्रदाय अङ्गालेका थिए। सराहसँगको विवाहपछि गिरीले योञ्जनको परिवारले मान्दै आएको सो धर्म मानेका हुन् ।

तर, अन्त्यमा भने उनलाई हिन्दू संस्कार अनुसार दाहसंस्कार गर्न लागिएको छ । राप्रपा नेता राजाराम वर्ताैलाले दिउँसो ३ बजे उनको दाहसंस्कारको लागि दाहसंस्कार गृहमा फारम समेत भरिसकिएको जानकारी दिए। उनको किरीया कर्म गरिन्छ या गरिँदैन भन्नेबारे भने आफूलार्इ जानकारी नभएको वर्तौलाले जानकारी दिए ।

प्रकाशित मिति : ४ पुस २०७५, बुधबार  ४ : २२ बजे