बिधालय बाट हराएका ६ वर्षीय बालक पानी ट्याङ्किमा मृत भेटिए



काठमाडौं पुस, ४–

दैलेखमा एक विद्यार्थी मृत फेला परेका छन् । ६ वर्षीय हिक्मत शाही नारायणनगरपालिकामा रहेको सनराइज बोर्डिङ स्कुलको पानी ट्यांकीमा मृत अवस्थामा भेटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय, दैलेखले विद्यालयको तल्लो तलामा रहेको पानी ट्यांकीमा बुधबार बिहान बालक मृत भेटिएको जनाएको छ ।

यूकेजीमा अध्ययनरत शाही मंगलबार दिउँसो १ बजेबाट हराएका थिए । लगत्तै विद्यालय तथा प्रहरीले उनको खोजी थालेका थिए । तर, उनी बुधबार बिहानै मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

मृत बालक आफैं ट्यांकीमा परेका हुन् या यसमा कसैको संलग्नता छ भन्ने खुलेको छैन । प्रहरीले यसबारे अनुसन्धान थालेको जनाएको छ ।

प्रकाशित मिति : पुस ४, २०७५ बुधबार  ८ : ५१ बजे