राजकीय सम्मानबिनानै यसरि गरियो पूर्वप्रधानमन्त्री गिरीको अन्तिम संस्कार



काठमाडौं पुस, ४–

मंगलबार निधन भएका पूर्वप्रधानमन्त्री तथा वरिष्ठ राजनीतिज्ञ डा तुलसी गिरीको आज अन्तिम संस्कार गरिएको छ । उनको पशुपतिस्थित विद्युतिय शवदाह गृहमा बिना सलामी अन्तिम संस्कार गरिएको हो ।

पारिवारकै चाहना अनुसार सरकारले भीआईपीलाई दिइने राजकीय सम्मान प्रदान नगरिएको हो । गिरीले मृत्युअघि सामान्य नागरिक सरह आफ्नो अन्तिम संस्कार गर्न इच्छा जाहेर गरेकाले सोही अनुसार अन्तिम संस्कार गरिएको हो । उनको अन्तिम संकारका लागि पशुपति क्षेत्र विकास कोषको विद्युतीय शवदाह गृहलाई रु ४ हजार तिरिएको बताइएको छ ।

कलेजोसम्बन्धी रोगका कारण ९३ वर्षको उमेरमा निधन भएको थियो । उनको निधनपछि विभिन्न राजनीतिक दलका नेता तथा सुभेच्छुक अन्तिम श्रद्धाञ्जली दिनका लागि बूढानीलकण्ठस्थित निवासमा पुगेका थिए ।

प्रकाशित मिति : पुस ४, २०७५ बुधबार  २ : ३० बजे