मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सोझासाझा नेपालीलाई सुन ठग्ने ६ भारतीय समातिए



भोजपुर पुस, १३–
भोजपुरमा ठगी गर्दै हिँड्ने छ भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । सुन सफा गरिदिन्छौँ भन्दै सोझासाझा स्थानीयवासीको सक्कली सुनमा विभिन्न खालको धातु लगाएर ठगी गर्दै हिँड्ने उनीहरुलाई पौवादुम्मा गाउँपालिका–४ वास्तिमबाट पक्राउ गरिएको भोजपुर जिल्ला प्रहरी कार्यालयका प्रमुख केशवकुमार थेवेले जानकारी दिए ।
पक्राउ पर्नेमा भारतको मोतीहारी जिल्ला घोडासहन १४ का लवकुश साह, जितेन्द्र साह, शरणकुमार साह, रवीन्द्र साह, रमेश कुमार र राकेशकुमार रहेको प्रमुख थेवेले जानकारी दिए । पक्राउ परेका उनीहरुलाई बिहीबार भोजपुर जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान शुरु गरिएको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : १३ पुस २०७५, शुक्रबार  ७ : ०३ बजे