जनाताले दिएको बहुमतलाई सरकारले दुरुपायोग गर्‍यो : कांग्रेस सभापति शेरबहादुर देउवा



काठमाडौं।

कांग्रेस सभापति शेरबहादुर देउवाले केपी शर्मा ओली नेतृत्वको सरकार तानाशाही बनेको तथा जनाताले दिएको बहुमतको सरकारले दुरुपायोग गरेको आरोप लगाएका छन्।

त्रिचालीसौँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा काङ्ग्रेस काठमाडौँले आज आयोजना गरेको कार्यक्रममा उनले सरकारले राज्यका हरेक निकायमा हस्तक्षेप गर्न खोजेको आरोप लगाए।

पूर्वप्रधानमन्त्री देउवाले भने, “कर्मचारीतन्त्रमा समायोजन अध्यादेशमार्फत हस्तक्षेप भइरहेको छ, त्यसैले कर्मचारी आन्दोलन गर्न बाध्य छन्।” उनले सरकार राज्यका सबै निकायलाई पार्टीको नियन्त्रणमा ल्याउने र स्वेच्छाचारी रुपमा अघि बढ्ने योजनामा रहेको टिप्पणी पनि गरे।

उन भने, “यसपछि क्रमशः प्रहरी, सेनालगायत राज्यका निकायमा पनि हस्तक्षेप हुनेछ, यही नै अधिनायकवाद सोचको शुरुआत हो।” यसरी हस्तक्षेप बढ्दै गए जनता आन्दोलन गर्न बाध्य हुने सभापति देउवाको भनाइ थियो। काङ्ग्रेस सदैव स्वतन्त्र न्यायापालिका, निष्पक्ष कर्मचारीतन्त्र, प्रहरी, सेनाको पक्षमा रहेको उल्लेख गर्दै उनले आफूहरुले प्रतिपक्षीका नाममा अनावश्यक मुठभेड गर्न नचाहेको स्पष्ट पारे।

 कार्यक्रममा कांग्रेस  केन्द्रीय सदस्य नरहरि आचार्यले बिपिले तत्कालिन समयमा लिएको मेलमिलापको नीति अझै सान्दर्भिक छ भन्दै मुलुकमा यतिखेर पनि सबै राजनीतिक शक्ति तथा सातै प्रदेशबीच एकता र मेलमिलापको आवश्यकता रहेको धारणा व्यक्त गरे।

 कार्यक्रमलाई पार्टी केन्द्रीय सदस्य  गगन थापा,  ध्यानगोविन्द रञ्जित,पूर्वसभामुख तारानाथ रानाभाट, काठमाडौँ काङ्ग्रेसका सभापति सबुज बानियाँ, प्रदेश सदस्य छिरिङदोर्जे लामा लगायतले सम्बोधन गरेका थिय ।

 नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला, लौहपुरुष गणेशमान सिंह, नेत्री शैलजा आचार्य देश फर्किदा तत्कालिन पञ्चायती सरकारको धर पकड सहनुपर्ने र सरकारले लगाएको राजनितिक बन्देज को समेत पर्बाह नगरि मेलमिलापको निती लिएर  विसं २०३३ पुस १६ गते स्वदेश फर्किएको दिनलाई काङ्ग्रेसले मेलमिलाप दिबशको रुपमा मनाउदै आएको छ । बिपिको नेतृत्वमा स्वदेश फर्किएका काङ्ग्रेस नेतालाई तत्कालीन सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ गरी सुन्दरीजल जेलामाअ बन्दी बनाएको थियो ।

बिपी कोइरालालगायत काङ्ग्रेसका नेतालाई बन्दी बनाइएको तत्कालिन सुन्दरी जल जेललाइ हाल बिपी सङ्ग्राहालयको रुपमा बिकाश गरिएको छ ।

बिपिले अघी सारेको मेलमिलापको नितिको स्मरण गर्दै काङ्ग्रेसले आज ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएर मेलमिलाप दिवस आमसभा, गोष्ठी, पदयात्रा, कोणसभालगायत कार्यक्रम गरी मनाएको छ।

प्रकाशित मिति : पुस १६, २०७५ सोमबार  १ : ४३ बजे