मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

संसदमा मुठभेडको सङ्केत् : अनसनरत केसिलाई बेवास्ता गरी चिकित्सा शिक्षा विधेयक २०७५ पारित गर्ने सरकारको तयारी



माघ ८,   काठमाडौं ।

प्रतिनिधिसभाको बैठक बाट सत्ताधारी सांसदहरु मंगलबार जवरजस्ती चिकित्सा शिक्षा विधेयक २०७५ जसरी पनि पारित गर्ने योजनामा जुटेपछि मुठभेड हुनसक्ने संभावना रहेको सम्सद सचिबालय श्रोतले बताएको छ ।

 राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित  गर्न बसेको  सोमबारको बैठक कांग्रेसले अवरुद्ध गरेपछि कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको थियो ।

मंगलबार प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद अवरोध गरे पनि बैठक सञ्चालन गर्ने तयारीमा सभामुख कृष्णबहादुर महरा रहेको बुझिएको छ ।

मंगलबारको बैठकका लागि सत्ताधारी र प्रमुख प्रतिपक्षी दलले आफ्ना सांसदहरुलाई अनिवार्य संसदमा उपस्थितिका लागि ह्विप जारी गरेका छन् । यसरी जवरजस्ती गर्न खोजिँदा मुठभेड बढ्न सक्ने भन्दै सुरक्षा सतर्कता अपनाइने संसद सचिवालयले जनाएको छ ।

काँग्रेस सांसदहरुले यसरी जबरजस्ती विधेयक पारित गर्न खोजेर मुठभेड निम्त्याउन खोजे संसद्को सीमाभित्र रहेर प्रतिरोध गर्ने जनाएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विधेयक पारित गर्नु भन्ने आदेश दिएर स्वीट्जरल्याण्ड गएका थिए ।

यसैबिच १४ दिनदेखि आमरण अनसनरत सत्याग्रही डा गोविन्द केसी फेरि गम्भीर बिरामी परेका छन् । उनको शरीरमा विभिन्न समस्या देखिएपछि चिकित्सकहरुले कुनै पनि समय हस्तक्षेप गर्नुपर्ने हुन सक्ने जनाएका छन् ।

डा केसी भने त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको एनेक्स वार्डबाट गणेशमान भवनमा सरेका छन् । डा केसीको आग्रहअनुसार पहिले अनशन बस्ने गरेको गणेशमान भवनमै उनलाई सारिएको हो ।

बिरामीलाई आफ्नो अनसनले कुनै डिस्टर्भ नहोस् भनी ठाउँ सरेको उनले बताएका छन् । यसअघि आइसीयुमा उपचार हुँदा पनि सर्वसाधारणले उपचार नपाउने भन्दै वार्डमा सरेका थिए ।

केसीको मांशपेसी दुख्ने समस्या बढेको छ । उनको श्वास–प्रश्वासमा समस्या देखिएकाले अक्सिजन दिइएको छ।सत्याग्रही डा केसीमाथि सरकार पूर्वाग्रही देखिएको छ । आमरण अनसनको १४ दिनसम्म पनि सरकारले डा केसीसंग अनौपचारिक वार्ताको समेत पहल गरेको छैन ।

डा केसीका सबै माग पूरा भइसकेको भन्दै सरकार रुष्ट देखिएको छ । उसले गोविन्द केसीलाई जेसुकै होस् मतलब छैन भनेजसरी व्यवहार गरेको छ ।

मन्त्रीहरुदेखि लिएर सत्ताधारी दलका नेताहरुले गोविन्द केसी जवरजस्ती अनसन बसेको र यसमा सरकारले थप केही पनि गर्न नसक्ने बताउँदै आएका छन् ।

तर उनी पुस १७ गते इलाममा अनसन बस्न गएका बेलामा नेकपाकै सांसद जयपुरी घर्तीले संसदीय समितिमार्फत चिकित्सा विधेयकमा गम्भीर छलफल भएकाले माग पूरा गर्ने भन्दै एक हप्ताको समय मागेकी थिइन् । नेकपाले चाहेजस्तो जस्ताको तस्तै विधेयक संसदमा प्रस्तुत गरिएपछि डा केसी पुस २५ गतेदेखि इलाममा अनसन बसिरहेका छन ।

प्रकाशित मिति : ८ माघ २०७५, मंगलबार  ४ : ५७ बजे