मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

 प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारी बिच शीतलनिवासमा भेटवार्ता



काठ्माण्डौ-

आइतबार राष्ट्रपति भवन शीतलनिवासमा प्रधानमन्त्री केपी शर्मा ओलीले   राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका गरेका छन्।

भेटवार्तामा प्रधानमन्त्री ओलीले हालै स्विट्जरल्याण्डको डाभोसमा सम्पन्न विश्व आर्थिक मञ्चको वार्षिक बैठकमा भएको सहभागिता तथा स्विट्जरल्याण्डसँग समेत आपसी हित तथा अन्य समसामयिक विषयमा भएको छलफलबारे जानकारी गराएका राष्ट्रपति कार्यालयले बताएकाे छ।

साे भेटवार्तामा परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली, माननीय अर्थमन्त्री डा. युवराज खतिवडा लगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरु समेतको उपस्थिति रहेकाे थियो।

प्रकाशित मिति : १३ माघ २०७५, आइतबार  १ : ५२ बजे