चैत ४ मा कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक, नेतृत्वविहिन नेविसंघलगायतका विषयमा छलफल हुने



काठमाडौं फागुन, २३–
आगामि चैत ४ गते सोमबार नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । बिहिबार पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गर्दै उक्त कुराको जानकारी गराएका हुन् । यसअघि फागुन १४ गते कांग्रेसको बैठक बस्दै नबसेर स्थगित भएको थियो ।
आउने बैठकमा अनुसाशन समिति, निर्वाचन समिति गठनका साथ नेतृत्वविहिन नेविसंघलगायतका विषयमा छलफल हुने नेताहरुले बताउदै आएका छन् ।

१४ गतेको बैठकमा अनुसाशन, निर्वाचन समिति सहमतिमा बनाउने या बहुमतिय आधारमा बनाउने भन्ने विवादका कारण बस्न सकेो थिएन । संस्थापन पक्षले बहुमतका आधारमा निर्णय गरेर जाने तयारी थालेपछि संस्थापन इतरपक्षले बैठक बहिस्कारको चेतावनी दिएको थियो । त्यसपछि पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले अनिश्चितकालका लागि बैठक स्थगित भएको बताएका थिए । आगामि बैठकमा कस्तो रणनीति बनाउने भन्ने बिषयमा छलफल गर्न संस्थापनइतरको पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवासमा दुई दिनसम्म छलफल समेत चलेको थियो ।

प्रकाशित मिति : २३ फाल्गुन २०७५, बिहिबार  ८ : ०६ बजे