मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाली जनताले बल्ल कम्युनिष्टलाई चिन्न पाए :कांग्रेस प्रबक्ता विश्वप्रकास शर्मा



न्यू सञ्चार, सिन्धुली-

नेपाली काँग्रेसका प्रबक्ता तथा केन्द्रिय सदस्य विश्वप्रकास शर्माले काँग्रेसले चुनावमा हारेकोले नै नेपाली जनताले कम्युनिष्टलाई चिन्न पाएको बताएका छन ।

सिन्धुलीको दुधौली नगरपालिका वडा नं. ११ मैनीमा शनिबारदेखि सुरु भएको दुई दिने नेपाली काँग्रेस पार्टी कार्यकर्ता प्रशिक्षण शिबिरको उदघाटन कार्यक्रममा प्रबक्ता शर्माले बर्तमान सरकारको पालामा नेपाली जनताले कम्युनिष्टलाई राम्रो सगा चिन्न पाएको बताएका हुन ।

प्रबक्ता शर्माले भने  “काँग्रेसले नहारोको भए कम्युनिष्टले जित्ने थिएन । कम्युनिष्टले नजितेको भए नेपाली जनतामा एक दिन कम्युनिष्टको शासन व्यवस्था आउछ र यो देशको मुहार फेरिन्छ भन्ने भ्रम हुन्थ्यो । हामीले हा¥यौ, जे भयो ठिकै भयो ।”
“कम्युनिष्टको शासन व्यवस्था आएपछि एकै बर्षमा नेपाली जनता चेतबाबा कासी भएका छन्,” शर्माले भने  “अहिले नेपाली जन्ताले कम्युनिष्ट पार्टीलाई चिन्ने अबसर पाएका छन् ।” सरकारले ईतिहासको सबै भन्दा अनुकुल अवसरको सदुपयोग गर्न नसकेको शर्माको भनाई थियो ।

“देशलाई शान्ति भई सकेपछि, संविधान बनि सकेपछि, तीनै तहको चुनाब सकिएपछि बनेको यो स्थिर सरकारलाई काम गर्न केले छेकेको छ,” काँग्रेस प्रबक्ता शर्माले भने , “प्रतिपक्षले सम्पूर्ण पक्षले सहयोग गर्दा पनि केही गर्न नसक्नु कम्युनिष्टलाई चिन्ने अबसर भएको छ ।”

“यो बेलामा सरक्कसँग सरकारले दिलको कुरा दृढतापूर्वक दिल्लीसँग राखेर काम गर्न समस्या के छ रु राष्ट्रबादी हो भने समस्या के छ रु कम्युनिष्ट पार्टी कत्तिको राष्ट्रवादी हो भन्ने कुरा कालापानीबाट प्रष्ट भएको छ,” देशले समृद्धिमा गति लियोस भनेर नै काँग्रेसले सरकारलाई अप्ठेरोमा नपारेको शर्माको  भनाई थियो ।

उनले पराजयको पीडा भुलाउन उपनिर्वाचनमा नेता तथा कार्यकर्ताहरूले मेहनत गरेर धेरै ठाउँमा कम्युनिस्टहरूको गढ भत्काएको बताए । ‘हामी हारेका कारण कम्युनिस्टहरूले जितेपछि राम्रो गर्छन् भनेर भन्दै आएको भ्रम टुटेको छ । कम्युनिस्ट सत्ता आउनेछ भन्ने सधैँ भ्रम फिजाइ रहन्थे । त्यो भ्रम चिरिएको छ’, शर्माले भने, ‘कम्युनिस्टहरूले झण्डै दुईतिहाएको बहुमत पाउँदा पनि काम गर्न सक्दैनन् भन्ने कुरा जनताले छर्लङग थाहा पाएका छन् ।’

प्रवक्ता शर्माले, मुलुक हाक्न सक्ने क्षमता युवाहरुमा भएकोमा समेत जोड दिए ।

उक्त कार्यक्रममा नेपाली काँग्रेस केन्द्रिय सदस्य तथा नेपाल महिला संघ अध्यक्ष डिला संग्रौला, केन्द्रिय सदस्य कल्याण गुरुङ ,केन्द्रिय सदस्य श्याम घिमिरे, नेपाली काँग्रेस जिल्ला सभापति उज्ज्वल बराल, पूर्व सभासद मोहन बराल लगायतले आ-आफ्नो धारणा राखेका थिए ।

सो अबसरमा दुधौली नगरपालिकाका विभिन्न वडाका गरि २५ जना नेकपा परि त्याग गरि काँग्रेसमा प्रवेश गरेका छन् ।

पुस ५ र ६ गते गरी दुई दिनसम्म चल्ने उक्त प्रशिक्षण शिविरमा  सहभागिहरुलाई नेपाली काँग्रेस केन्द्रिय नीति तथा प्रतिष्ठान समितिका सदस्य मदन कट्टेल, प्रमोदहरी गुरागाँई, नेपाल महिला संघ अध्यक्ष डिला संग्रौला र नेपाली काँग्रेस जिल्ला सभापति उज्ज्वल बरालले प्रशिक्षण दिने छन् ।

प्रकाशित मिति : ६ पुस २०७६, आइतबार  ७ : ५२ बजे