वाग्मती प्रदेशद्वारा तीन स्थानीय तहमा अस्पताल निर्माण



वाग्मती प्रदेश, सामाजिक विकास मन्त्रालयमार्फत काभ्रेपलाञ्चोकका तीन स्थानीय तहमा अस्पताल निर्माण भइरहेको छ । जिल्लाको मण्डनदेउपुर नगरपालिका, चौँरीदेउराली गाउँपालिका र खानीखोला गाउँपालिकामा अस्पताल निर्माण थालिएको हो ।

तीन स्थानीय तहमा १५ श्ययाको अस्पताल निर्माण भइरहेको प्रदेशसभा सदस्य रत्न ढकालले बताउनुभयो । उहाँका अनुसार चौँरीदेउराली गाउँपालिका–५ भालुचौरमा निर्माण भइरहेको अस्पताल रु सात करोडको लागत निर्माण सम्पन्न हुनेछ । “भुकम्पप्रतिरोधी १५ श्यया क्षमताको अस्पताल निर्माण भइरहेको छ”, ढकालले भन्नुभयो ।

सरकारले ‘सुखी नेपाली–समृद्ध नेपाल’ अभियानअन्तर्गत एक स्थानीय तह एक सुविधासम्पन्न अस्पताल निर्माण थालेको हो । सरकारले आव २०७७÷७८ का लागि प्रस्तुत बजेटमा सबै स्थानीय तहमा स्थापना हुने अस्पताल निर्माका लागि रु १४ अर्ब विनियोजन गरेको छ ।

प्रकाशित मिति : श्रावण ३, २०७७ शनिबार  ११ : ५३ बजे