मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

को को छन् मन्त्री बन्ने दौडमा ?



माओवादी केन्द्रले सरकारमा पठाउने मन्त्रीका विषयमा शनिबार र आइतबार छलफल गरे पनि कुनै निर्णय गर्न सकेको छैन ।

माओवादीबाट सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा पनि विवाद छ । माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठ र पूर्वसभामुख कृष्णबहादुर महरा दुवै सरकारमा नेतृत्व गर्न इच्छुक देखिएका छन् । तर, कसको नेतृत्वमा ककसलाई मन्त्री बनाउने भन्ने विषयमा माओवादी केन्द्रले निर्णय लिन सकेको छैन । यसअघि नै मन्त्री छान्न आफूलाई हम्मेहम्मे परेको भन्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीभित्र धेरै आकांक्षी रहेको बताएका थिए ।

माओवादी केन्द्रबाट सरकारमा हाल जनार्दन शर्मा अर्थमन्त्री र पम्फा भुसाल ऊर्जामन्त्री छन् । थप मन्त्रीका लागि मन्त्रीका लागि माओवादी केन्द्रमा मात्रिका यादव, हरिबोल गजुरेल, शशि श्रेष्ठ, देवेन्द्र पौडेल, अमनलाल मोदी, सुदन किराँती, जयपुरी घर्ती र महेश्वर गहतराज (अथक) दौडमा छन् ।

जसपा पनि अनिर्णीत :  जसपाले पनि सरकारमा पठाउने मन्त्रीको नाम टुंग्याउन सकेको छैन । जसपाले शनिबार मात्रै संसदीय दलको नेतामा उपेन्द्र यादवलाई छानेको थियो । जसपाबाट सरकारको नेतृत्व भने अध्यक्ष यादवले नै गर्ने लगभग निश्चित छ ।

जसपाले मन्त्रीको नाम टुंगो लगाउन सकस भएपछि अध्यक्ष यादवसहित अर्का अध्यक्ष बाबुराम भट्टाई र वरिष्ठ नेता अशोक राईलाई जिम्मा दिएको छ । तर, कहिलेसम्म मन्त्रीको नाम टुंगो लगाउने निश्चित छैन । जसपाले पनि कति मन्त्रालय पाउँछ टुंगो छैन ।

जसपाबाट महेन्द्र यादव, प्रदीप यादव, राजेन्द्र श्रेष्ठ, रेणु यादव मन्त्री बन्ने पक्का जस्तै छ । यसैगरी, मन्त्रीका लागि इस्तियाक राई, रामसहाय यादव, सूर्यनारायण यादव, प्रमोद शाह र मृगेन्द्रसिंह यादव पनि दौडमा छन् ।

अरूलाई मिलाएर कांग्रेसमा छलफल : कांग्रेसबाट प्रधानमन्त्री देउवासहित गृहमन्त्रीमा बालकृष्ण खाँण, कानुनमन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्की र स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ छन् । कांग्रेसले अब पार्टीभित्रको नेता रामचन्द्र पौडेल समूह र कृष्णप्रसाद सिटौला समूहलाई पनि मिलाएर सरकारमा लैजानुपर्ने बाध्यता छ ।

यसरी भागबन्डा मिलाउँदा कांग्रेसबाट अब चार वा पाँच जना मन्त्री थपिन सक्छन् । यस्तो अवस्थामा प्रधानमन्त्री देउवाले पौडेल समूह र सिटौला समूहलाई एक/एक मन्त्री दिन सक्छन् भने आफ्ना तर्फबाट थप मन्त्री बनाउन सक्छन् । पौडेल र सिटौलानिकट नेताका अनुसार प्रधानमन्त्री देउवाले अझैसम्म मन्त्रीका लागि दुवै समूहबाट नाम मागिसकेका छ्रैनन् ।

प्रधानमन्त्री देउवानिकट नेता मीन विश्वकर्माले पहिले सत्ता गठबन्धन आबद्ध दलहरूबीच मन्त्रालय र मन्त्रीको टुंगो लगाएपछि आफ्नो दलभित्रबाट नाम माग्ने जानकारी दिए । ‘यो गठबन्धन सरकार हो, प्रधानमन्त्रीज्यूले पहिले गठबन्धन आबद्ध दलबाट मन्त्री टुंग्याएर आफ्नो दलबाट कोको हुने टुंग्याउनुहुन्छ, छलफल हुँदै छ,’ नेता विश्वकर्माले भने ।

कांग्रेसमा पुष्पा भुसाल, दिलेन्द्र बडु, डा. मीनेन्द्र रिजाल, मीन विश्वकर्मा, तेजुलाल चौधरी, प्रकाशमान सिंह, सुजाता कोइराला, डा. नारायण खड्का, भीमसेनदास प्रधान र उमाकान्त चौधरी मन्त्री बन्ने दौडमा छन् । राजधानी दैनिकमा महेश्वर गौतमले खबर लेखेका छन् ।

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलबार  ९ : २० बजे