मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अर्थमन्त्री फोन गरेकै दिन सेयर बजारमा हरियाली, १६२ अंकले बढ्यो नेप्से



साताको दोस्रो दिन सेयर कारोबार मापक नेप्से परिसूचक करिब १ सय ६२ अंकले बढेर २ हजार ९ सय ८०.७९ विन्दुमा पुगेको छ ।

सोमबार अघिल्लो दिनको तुलनामा यो ५.७४ प्रतिशतले बढी हो । यो एकैदिन नेप्सेमा भएको वृद्धिमध्ये सबैभन्दा उच्च हो ।

आइतबार नेप्से १ सय भन्दा धेरै अंकले घटेको थियो । सोमबार बजारमा ९ अर्ब ८२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

सोमबार मात्रै अर्थमन्त्री जनार्दन शर्माले सेयर बजारमा गिरावट आएको बारे चासो देखाएका थिए ।

उनले सोमबार राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई टेलिफोन गरी समस्या समाधान गर्न आग्रह गरेको अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार  ३ : २८ बजे