साताको दोस्रो दिन सेयर कारोबार मापक नेप्से परिसूचक करिब १ सय ६२ अंकले बढेर २ हजार ९ सय ८०.७९ विन्दुमा पुगेको छ ।
सोमबार अघिल्लो दिनको तुलनामा यो ५.७४ प्रतिशतले बढी हो । यो एकैदिन नेप्सेमा भएको वृद्धिमध्ये सबैभन्दा उच्च हो ।
आइतबार नेप्से १ सय भन्दा धेरै अंकले घटेको थियो । सोमबार बजारमा ९ अर्ब ८२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
सोमबार मात्रै अर्थमन्त्री जनार्दन शर्माले सेयर बजारमा गिरावट आएको बारे चासो देखाएका थिए ।
उनले सोमबार राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई टेलिफोन गरी समस्या समाधान गर्न आग्रह गरेको अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।










