नेपाली बजार मंगलबार सुनचाँदीको मुल्य स्थिर रहेको छ ।
सुनको मुल्य प्रतितोला ९१ हजार ४०० रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । हिजो सुनको मुल्य प्रतितोला ९१ हजार ४०० नै रहेको थियो ।
तेजावी सुनको मुल्य आज प्रतितोला ९० हजार ९०० कायम भएको छ ।
यस्तै, आज चाँदीको मुल्य पनि स्थिर रही प्रतितोला १ हजार २३० रुपैंयामा नै कारोबार हुने सुनचाँदी व्यवसायले जनाएको छ ।