मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बुधबार ह्वातै घट्यो सुनको मुल्य, तोलामा कति ?



नेपाली बजारमा बुधबार सुनको मुल्य ओरालो लागेको छ । साताको तेस्रो दिन मंगलबार स्थिर रहेको सुनको मुल्य आज भने ओरालो लागेको हो ।

हिजो मंगलबार प्रतितोला ९१ हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९० हजार ७०० रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यावसायी महासङ्घले जनाएको छ ।

मंगलबारको तुलनामा आज सुनको मूल्य ७०० रुपैयाँले घटेको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार २०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि घटेको छ ।

हिजो मंगलबार प्रतितोला १ हजार २३० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार २२० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  ११ : ०८ बजे