मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साताको पहिलो दिन ओरालो लाग्यो सुनको मुल्य, तोलामा कति ?



नेपाली बजारमा साताको पहिलो दिन सुन चाँदीको मुल्य ओरालो लागेको छ । आईतबार नेपाल बजारमा सुनको मुल्य तोलामा ४०० घटेको हो ।

गत शुक्रबार प्रतितोला ९० हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मुल्य आइतबार घटेर ९० हजार ३०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यावसायी महासङ्घले जनाएको छ ।

महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य पनि ओरोला लागेको छ । गत शुक्रबार प्रतितोला ९० हजार २०० रुपैयाँ कारोबार भएको तेजाबी सुन आज भने तोलामा ४०० घटेर ८९ हजार ८०० मा कारोबार भइरहेको जनाएको छ ।

यस्तै चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार तोलामा १ हजार २०५ रुपैयाँमा कारोबार भएको चाँदीको मुल्य आज १ हजार १९५ रुपैयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

प्रकाशित मिति : २७ भाद्र २०७८, आइतबार  १० : ५५ बजे