हिमालयन बैंकको अध्यक्षमा प्रचण्ड



हिमालयन बैंक लिमिटेडको अध्यक्षमा प्रचण्ड बहादुर श्रेष्ठ नियुक्त भएका छन् । बुधबार बसेको सञ्चालक बैंकको समितिको बैठकले प्रचण्डलाई अध्यक्षमा नियुक्त गरेको हो ।

सञ्चालक समितिको ४ सय ११औँ बैठकले श्रेष्ठलाई नयाँ अध्यक्ष नियुक्त गरेको हो।उनले बुधबारदेखि नै काम थालेका छन्। यसअघि तुलसी प्रसाद गौतम बैंकको अध्यक्ष थिए।

हिमालयन बैंक र इन्भेष्टमेन्ट बैंकबीच मर्जर प्रक्रिया चलिरहेको छ। दुवै बैंकले आगामी कात्तिक देखि एकीकृत कारोबारको तयारी गरेका छन्।

यसअघि श्रेष्ठ बैंकमै डाइरेक्टर पदमा थिए।

प्रकाशित मिति : आश्विन १४, २०७८ बिहीबार  २ : ४६ बजे