मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डिशहोमको नयाँ अफर : फाइबरनेट जडानमा आईपीटीभी सित्तैमा



डिसहोमले फाइबरनेट जडानमा विशेष अफर ल्याएको छ।डिसहोमले ल्याएको यो अफरमा फाइबरनेटको ४० एमबीपीएसको सेवा लिने नयाँ ग्राहकहरूले वार्षिक भुक्तानीमा आईपीटीभी सित्तैमा पाउने छन ।

फाइबरनेटको ४० एमबीपीएसको सेवा लिने नयाँ ग्राहकहरूले एक वर्षको भ्याट बाहेक रु. १२ हजार ९९९ खर्चनु पर्ने डिसहोमले जनाएको छ ।  यसबापत इन्टरनेट र आइपीटीभीको वार्षिक सब्स्क्रिप्सनका साथ आवश्यक ड्रप वायर, राउटर, सेटटप बक्स र जडान सबै निशुल्क हुने पनि जनाइएको छ ।

कम्पनीले १०० एमबीपीएसको इन्टरनेट शुल्क मात्र ९ सय रुपैयाँमा उपलब्ध गराउँदै आएको डिशहोमले जनाएको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७८, शनिबार  ३ : ०४ बजे