मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सोमबार सुनको मूल्य बढ्यो : कती पुग्यो तोलाको ?



सोमबार (आज)नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुनको मुल्य सोमबार तोलामा ३०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।हिजो आइतबार बजारमा प्रतितोला ९२ हजार एक सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबार ३०० रुपैयाँले बढेर ९२ हजार ४०० रुपैयाँ पुगेको हो ।

तेजाबी सुनको मूल्य समेत सोमबार तोलामा ३०० रुपैयाँले नै बढेर ९१ हजार ९०० रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य भने सोमबार तोलामा ५ रुपैयाँले बढेर एक हजार २६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७८, सोमबार  ११ : ३२ बजे