मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एकैदिन टिकेन शेयर बजारको बृद्दि, सोमबार दोहोरो अंकको गिरावट



नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज दोहोरो अंकको गिरावट आएको छ । आइतबार ९४.९२ अंकले बढेको नेप्से आज फेरि दोहोरो घटेको हो । आज नेप्से २३.८५ अंकले घटेर एक हजार ९ सय ३३ दशमलब १३ विन्दुमा झरेको हो ।

त्यस्तै, आज कारोबार रकममा पनि गिरावट आएको छ । आज नेप्सेमा २ अर्ब ४ करोड ४८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार नेप्सेमा २ अर्ब १९ करोड ६१ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबार भएका २४ कम्पनीको शेयरमूल्य बढेको छ भने १६८ कम्पनीको शेयरमूल्य घटेको छ । यसमध्ये तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । सिवाइसी नेपाल दघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ७९२.५० रुपैयाँ पुगेको छ भने न्यादी हाइड्रोको शेयरमूल्य ९.९६ प्रतिशतले बढेर प्रतिकित्ता ३३० रुपैयाँ र लाइफ इन्स्योरेन्स कर्पोरेसनको शेयरमूल्य ९.१५ प्रतिशतले बढेर १४१९ रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरूले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य १० प्रतिशतले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी सिटिजन्स इन्भेष्टमेन्ट ट्रष्टको भएको छ । यसको आज १५ करोड ६५ लाख भन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित मिति : १३ असार २०७९, सोमबार  ३ : ५५ बजे