मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक



मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाइएको छ । प्रधानमन्न्त्री शेरबहादुर देउवाले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले जानकारी दिइन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका हुन् ।

बैठक दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो ।

काडमाडौंमा मंगलबार बिहान आयोजित सीमान्तीकृत महिलासँग सम्बन्धित कानुन निर्माणसम्बन्धि कार्यक्रममा मन्त्री रेग्मीले प्रधानमन्त्रीले  मन्त्रिपरिषद् बैठक बोलाएको जानकारी दिए पनि एजेण्डाका विषयमा केही खुलाइनन् ।

मन्त्रिपरिषद सदस्य हेरफेरका कारण सोमबार बस्नुपर्ने बैठक बस्न नसकेपछि मंगलबार दिउँसो  मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  ११ : ३८ बजे