मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डा. केसी काठमाडौंमा, टिचिङ अस्पतालबाट अनशनलाई निरन्तरता दिने



धनगढी, ५ असोज ।स्वास्थ्य क्षेत्र सुधारको माग विगत राख्दै १० दिन देखि अनसनरत डा. गोविन्द केसी काठमाडौं आएका छन् ।

केसी बुधबार काठमाडौं आएक उनका सहयोगी डाक्टर अमृत जैशीले बताए । उनी पौने ५ बजेको प्लेन मार्फत काठमाडौं गएका हुन् ।

स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उपचारमा संलग्न डाक्टरले केसीलाई काठमाडौं जान सुझाव दिएका थिए । स्वास्थ्यकर्मीको सुझाव अनुसार केसी आफ्नै खर्चमा काठमाडौं गएका सेती प्रादेशिक अस्पतालका सिनियर फिजिसियन कन्सल्टेन्ट डाक्टर शेरबहादुर कमरले बताए ।

मंगलबार सम्म माग पुरा नभएसम्म काठमाडौं नजाने अडानमा बसेका केसीलाई बुधबार सिनियर स्वास्थ्यकर्मीले सम्झाएपछि उनी काठमाडौं जान सहमत भएका हुन् । काठमाडौंमा केसीलाई टिचिङ हस्पिटलमा राखेर उपचार दिइने जनाइएको छ ।

स्वास्थ्य समस्या देखिएको भन्दै मंगलबार सरकारी पहलमा डाक्टर केसीलाई काठमाडौं लैजाने प्रयास गरेको थियो ।अब उनले त्रिवि शिक्षण अस्पतालमा रहेर सत्याग्रहलाई निरन्तरता दिने भएका छन् ।

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  ७ : ०० बजे