मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा वर्षाको सम्भावना



काठमाडौं, ७ असोज । अहिले देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहेको छ । प्रदेश १, मधेस, वाग्मती, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ ।
आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा वर्षा हुने भएको छ । बाँकी प्रदेशका थोरै स्थानमा पनि वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसो सुदूरपश्चिमका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

शनिबार लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा वर्षा हुने ठानिएको छ । सुदूरपश्चिम र लुम्बिनीका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार  ७ : ३७ बजे