मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आयल निगमका डिपो दसैं बिदामा पनि खुला रहने



काठमाडौं, १४ असोज । नेपाल आयल निगमका डिपो दसैं बिदामा पनि खुला रहने भएका छन् ।

पेट्रोलियम पदार्थको आपूर्तिलाई सहज बनाउन डिपो खुला राख्ने निर्णय भएको निगमले जनाएको छ । ती डिपो स्थानीय आवश्यकताका आधारमा खुला हुनेछन् । कार्यतालिका प्रकाशित गरिएको छ ।

इन्धनको आपूर्ति तथा उपलब्धतामा समस्या देखिए तत्काल सम्पर्क गर्न फोन नम्बरसमेत उपलब्ध गराइएको छ ।

प्रकाशित मिति : १४ आश्विन २०७९, शुक्रबार  ७ : ५८ बजे