मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मनसुनको प्रभाव कायमै, यस्तो छ शनिबारसम्मको मौसम




नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन अन्त्य हुने बाटोतिर लागेको छ तर मुलुकका विभिन्न क्षेत्रमा भने मनसुनी गतिविधि कायमै रहेको छ ।

देशका विभिन्न भागमा बिहानैदेखि वर्षा भइरहेको छ । गण्डकी र वाग्मती प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

हाल मधेस प्रदेश र वाग्मती प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज प्रदेश १, बागमती र गण्डकीमा आंशिकदेखि सामान्य बदली रहने आकलन महाशाखाले गरेको छ ।

प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा भने वर्षा हुनेसक्ने देखिएको छ ।
शनिबार पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति : १४ आश्विन २०७९, शुक्रबार  ८ : ०७ बजे