मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रुकुम (पूर्व) को हिमाली भेगमा हिमपात



रुकुम ९पूर्व०को हिमाली भेगमा हिमपात भएको छ । जिल्लाको हिमाली तथा उच्च लेकाली भेगमा गए रातिदेखि हिमपात भएको हो । पुथा उत्तरगङ्गा गाउँपालिकाको अधिकांश क्षेत्र तथा भूमे गाउँपालिका–१ र सिस्ने गाउँपालिका–१ वडामा अहिले हिमपात भइरहेको छ ।

विगत वर्षामा यो समयमा चौथो, पाँचौँ पटकसम्म हिमपात भइसक्थ्यो । लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्ला रुकुम ९पूर्व० मा यस वर्ष भने माघको १० गते पहिलो पटक हिमपात भएको हो । हिमपात भएपछि चिसो निकै बढेको छ । चिसोका कारण जनजीवन कष्टकर बनेको पुथा उत्तरगङ्गा गाउँपालिका–१ मैकोटका तेजकुमार गुरुङले जानकारी दिए । जिल्लाको तल्लो क्षेत्रमा पनि हिमपात भइरहेको छ ।

प्रकाशित मिति : १० माघ २०७९, मंगलबार  ४ : ०० बजे