मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

घुन्सामा अझै हिउँ परेन



फुङ्लिङ, १५ माघ : समुद्र सतहदेखि तीन हजार पाँच सय मिटरमा अवस्थित फक्ताङलुङ गाउँपालिका–६ घुन्साका पेमा शेर्पा गत मङ्सिर तोस्रो साता गाउँ छोडेर काठमाडौँ तिर लागे । उनले बसाइसराइ गरेकोको होइन । उनि हिउँ छल्न काठमाडौँ पुगेका हुन् ।

विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमशिखरको आधार शिविर प्रवेशद्वार हो घुन्सा गाउँ । यहाँको समुदाय प्रत्येक वर्ष हिउँ छल्न गाउँ छोडेर सदरमुकामदेखि काठमाडौँसम्म पुग्ने गरेको घुन्साका स्थानीय टासी तेन्जिङ शेर्पाले बताए । उनका अनुसार घुन्सा गाउँमा ३३ घर परिवार बसोबास गर्दै आएका छन् । गत मङ्सिर सुरु भएसँगै २० घर परिवारले हिउँ छल्न गाउँ छोडेर सरमुकाम फुङ्लिङ बजार कोही पुकेकाछन् भने कसै काठमाडौँ पुगेका छन् ।

अहिले १३ घर परिवार मात्र गाउँमा रहेका छन् । यस गाउँका प्रमुख आम्दानीको स्रोत पर्यटन र पशुपालनमा निर्भर रहेको छ । जाडोका कारण विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमशिखर अवलोकन गर्न आउने पर्यटकको आगमन ठप्प छ । केही चौँरी याक गोठ हुने मात्र गाउँ रुङ्गालो बसेको स्थानीय पेम्पा शेर्पाले बताए । विगका ताप्लेजुङको हिमाली क्षेत्रमा विगका वर्षमा मङ्सिरको तेस्रो सातादेखि हिमपात सुरु हुन्थ्यो । हिउँले छोपिएर हिमाल सेताम्य हुन्थ्यो ।

तर अहिले हिमाली क्षेत्र हिमपात भएको छैन । विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमशिखर दिनदिनै हिउँ बग्लेर कालो चट्टान जस्तै बन्दै गएको छ । मङ्सिर तेस्रो साता हिउँ छाल्न गाउँ छोडेर काठमाडौँ पुग्नुभएको पेमा शेर्पाले भने, “हिउँ पर्छ भने गाउँ छोडेर काठमाडौँ पुगेको दुई महिना भयो । तर अहिलेसम्म गाउँमा हिउँ परेको छैन । मैले हिजो मात्र गाउँमा फोन गरेको थिए ।” माघसम्ममा पनि गाउँमा हिमपात नभएमा काठमाडौँ छोडेर गाउँ फर्कने योजनामा रहेको शेर्पाले बताए ।

प्रकाशित मिति : १५ माघ २०७९, आइतबार  ११ : ११ बजे