मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाघ संरक्षणका लागि सडक नाटक



भरतपुर, १७ जेठ । उन्नाइस वर्षीया अप्सरा स्याङ्ताङलाई पाटेबाघको बारेमा राम्रोसँग जानकारी छ । उनि बाघको बानी व्यहोरा, आहारविहार र बासस्थानका बारेमा पनि जानकार छन् । उनि आफूमात्र नभई अरुलाई पनि बाघबारे राम्रोसँग बुझाउन सक्ने क्षमता राख्छन् । बाघ संरक्षणका लागि तालिम लिएर सडक नाटक प्रस्तुत गर्न थालेपछि उनले बाघका बारेमा झन् ज्ञान बढेको बताउछन् ।

स्नातक तह अध्ययन गरिरहनुभएकी स्याङ्ताङलाई चितवन राष्ट्रिय निकुञ्जअन्तर्गतको निर्मल ठोरी उपभोक्ता समितिले नाटक प्रस्तुत गर्नका लागि एक हप्ताको तालिम प्रदान गरेको हो । बाघ संरक्षणका लागि सडक नाटक लिएर उनि अहिले आफ्नो गाउँको चोक–चौतारामा पुग्ने गरेका छन् । यो अभियानमा स्याङ्ताङ एक्लो होइनन् । उहाँसँगै गाउँका १४ किशोरकिशोरी पनि सडक नाटक देखाउन सहभागी हुने गरेका छन् । उनीहरूले पनि स्याङ्ताङले जस्तै तालिम लिएका छन् ।

चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको पर्साको एक मात्र उपभोक्ता समिति हो निर्मल ठोरी । “गाउँमा बाघले निकै दुःख दिन्छ । बाघकै कारण बर्सेनि धनजनको क्षति हुने गरेको छ । तर हामी बाघकै संरक्षणमा जुटेका छौँ”, स्याङ्ताङले भने “हामी विवेकशील प्राणी हौँ, यसकारण पनि बाघको संरक्षण गर्नुपर्छ ।” उनले गाउँका चोक–चौतारामा सडक नाटक देखाएर जनचेतना फैलाउँदा धेरैले बाघ संरक्षणको बारेमा जान्ने मौका पाएको बताए । ठोरीमा १२ वर्षदेखि १९ वर्षका किशोर–किशोरी सडक नाटक देखाउने अभियानमा छन् ।

प्रकाशित मिति : १७ जेष्ठ २०८०, बुधबार  ९ : ३२ बजे