मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नर्वेजियन पर्वतारोही क्रिस्टिल हरिला अन्नपूर्णको चुचुरोमा



म्याग्दी, २२ जेठ । छ महिनाको अवधिमा विश्वमा रहेका आठ हजार मिटर अग्ला १४ वटा हिमालको आरोहण गरेर कीर्तिमान बनाउने अभियानमा रहेकी नर्वेजियन पर्वतारोही क्रिस्टिल हरिला आज म्याग्दीस्थित अन्नपूर्ण प्रथम हिमालको चुचुरोमा पुगेकि छन् ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको आठ हजार ९१ मिटर अग्लो अन्नपूर्णसहित हरिलाले आठवटा हिमालको सफल आरोहण गरिसकेकि छन् । आज बिहान ६ बजे हरिला र पाँचजना नेपाली पर्वतारोहीले अन्नपूर्ण हिमालको सफल आरोहण गरेका सेभेन समिट टे«क्सका प्रबन्ध निर्देशक थानेश्वर गुरागाईँले बताए । 

हरिला सेभेन समिटमार्फत अन्नपूर्ण आरोहण गर्न जेठ १९ गते आधार शिविर पुग्नुभएको थिइन् । हरिलासँगै तेन्जिन शेर्पा, पासाङनेर्बु शेर्पा, लेक्पा तेम्बा शेर्पा, मिङ्मा तेन्जिन शेर्पा र लेक्पा ज्याल्जिन शेर्पाले अन्नपूर्णको सफल आरोहण गरेको गुरागाईँले बताए । 

मौसम सफा र अनुकूल भएकाले हरिलालाई अन्नपूर्ण आरोहणका लागि धेरै समय पर्खनु परेन । अन्नपूर्ण जानुअघि हरिलाले एक हप्ताअघि म्याग्दीमै रहेको आठ हजार एक सय ६७ मिटर अग्लो धवलागिरि हिमालको सफल आरोहण गरेकि थिइन् । 

हरिलाले चालु याममा अन्नपूर्ण, धवलागिरि, सिसा पाङ्मा, चो ओयु, मकालु, कञ्चनजङ्जा, सगरमाथा र ल्होत्से हिमालको आरोहण गरिसक्नुभएको सेभेन समिट टे«क्सले जनाएको छ । आरोहण टोली अन्नपूर्णको चुचुरोबाट आधार शिविर फर्किएको आरोहणको समन्वय गर्नुभएका म्याग्दीको दानाका पर्यटनकर्मी इन्द्री सिंह शेरचनले जानकारी दिए। 

प्रकाशित मिति : २२ जेष्ठ २०८०, सोमबार  ९ : ३९ बजे