विराटनगर । झापाको मेचीनगर नगरपालिका–१३ मा भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार आइतबार राति भएको उक्त दुर्घटनामा दुईजना घाइते भएका छन् ।
मेचीनगर–१३ फुलवासा पुलमा प्रदेश १–०१–०१६ प ७६४९ र प्रदेश १–०३–००१ प २६५३ नम्वरको मोटरसाइकल अनियन्त्रित भई पुलमा ठोक्किएका थिए ।
दुर्घटनापछि मोटरसाइकलमा सवार तीनजना घाइते भएका थिए । बिर्तामोडको बी एण्ड सी अस्पतालमा उपचारका क्रममा झापा गाउँपालिका ३ का २० वर्षीय मनिष बास्कोटाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका २० वर्षीय सौरभ बास्कोटाको बी एण्ड सी अस्पतालमा उपचार भइरहेको छ । अर्का घाइते २४ वर्षीय सुमन पौडेलको मनकामना अस्पताल चारआलीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।