काठमाडौं । साहित्यकार राजाराम बर्तौलाको नँया कृति ‘भ्रमित सत्य’को लोकार्पण भएको छ । काठमाडौंको बागबजारमा आज आयोजित एक कार्यक्रममा डा. सुरेन्द्र केसि र डा. तुलसि भट्टराईले बर्तौलाको नँया कृति भ्रमित सत्यको लोकार्पण गरेका हुन् ।
लोकार्पण कार्यक्रममा बोल्दै डा. केसिले भ्रमित सत्य कविता संग्रहमा रहेका कविताहरुले बर्तमान समयलाई चित्रित गरेको बताए। उनले देशको हितलाई बल पुर्याउने खालका सिर्जनामा साहित्यकारहरुले जोड दिनुपर्ने उललेख गरे ।
तेस्तै कार्यक्रममा बोल्दै डा. तुलसि भट्टराईले साहित्यको बिकासमा राजाराम बर्तौलाको योगदानबारे चर्चा गरे ।उनले भ्रमित सत्य कविता संग्रहमा रहेका कविताहरुले कविता लेखनको स्तरियतालाई मर्न नदिएको बताए ।
साहित्यकार बर्तौलाका मेरो पाइला संस्मरण र अल्सी ढुङ्गो निबन्ध संग्रह प्रकासित भईसकेका छन् । नेपाल सरकारको परराष्ट्र सेवाबाट सात बर्ष अघाडी सेवा निबृत्त भएपछि साहित्यकार बर्तौला हाल साहित्य सिर्जनामै लागेका छन् ।