मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डायमण्ड हिल रिसोर्टका सञ्चालक राजन थापा सम्मानित



काठमाडौं – डायमण्ड हिल रिसोर्टका सञ्चालक राजन थापा सम्मानित भएका छन् । नेपाल पर्यटक गाइड संघले पनौती नगरपालिका वडा नं ४ चामखरस्थित डायमण्ड हिल रिसोर्टका सञ्चालक राजन थापालाई सम्मान गरेको छ । नेपाल पर्यटक गाइड संघको ३० औं वार्षिक साधारणसभामा पर्यटन क्षेत्रमा डायमण्ड हिल रिसोर्ट र पर्यटन व्यवसायी तथा समाजसेवी थापाले गरेको योगदानको कदर गर्दै एक कार्यक्रमकाबिच संकृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव डा। दिपक काफ्लेले सम्मान गरेका हुन् ।

थापाले आफूलाई संघले गरेको सम्मानले पर्यटन क्षेत्रमा थप जिम्मेवारी बढेको प्रतिक्रिया दिदै उनले नेपालमा पर्यटन क्षेत्रलाई विकास गर्न आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । संघको वार्षिक साधारण सभा कार्यक्रममा पर्यटन क्षेत्रमा सहयोग गर्ने विभिन्न क्षेत्रका सहयोगिहरुलाई पनि सम्मान गरिएको थियो ।

गुणस्तरीय सेवाबाट आफ्नो छुट्टै पहिचान कायम गर्न सफल भएको डाइमण्ड हिल रिसोर्टले आन्तरिक तथा बाह्य पर्यटकहरुको मन जित्न सफल भएको छ । अन्तर्राष्ट्रियस्तरको डाइमण्ड हिल रिसोर्ट आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि पहिलो रोजाई बन्न पुगेको छ । प्राकृतिक सौन्दर्यमाझ रहेको डाइमण्ड हिल रिसोर्टले प्रकृतिप्रेमीहरुलाई निकै आकर्षित गर्दै आएको छ ।

प्रकाशित मिति : १६ माघ २०८०, मंगलबार  ११ : ४३ बजे