प्रधानसम्पादक र प्रमुख समाचारदाताको जिम्मेवारी हेरफेर



काठमाडौँ । राष्ट्रिय समाचार समितिको प्रधानसम्पादकमा उत्तम सिल्वाल र प्रमुख समाचारदातामा एकराज पाठकले जिम्मेवारी पाऐ । पाठक यसअघि प्रधानसम्पादक र सिल्वाल प्रमुख समाचारदाताको जिम्मेवारीमा यिए ।

रासस व्यवस्थापनले आजदेखि लागू हुने गरी उनिहरुको जिम्मेवारी हेरफेर गरेको जनाइएको छ । उनिहरुले आजै राससका समाचार महाशाखा प्रमुख एवं नायबमहाप्रबन्धक सोमनाथ लामिछाने, सञ्चालक समितिका सदस्य एवं आलेख सेवा प्रमुख कृष्ण अधिकारीसमेतको उपस्थितिमा आ–आफ्नो जिम्मेवारी एकार्कालाई हस्तान्तरण गरे ।

राससको दसौँ तहमा कार्यरत सिल्वाल र पाठक दुवै विसं २०५६ साल फागुन १९ गते रासस सेवामा प्रवेश गरेका थियो ।

प्रकाशित मिति : १ जेष्ठ २०८१, मंगलबार  १२ : २५ बजे