पर्यटन व्यवसायी बके कालिका विद्यालयको सल्लाहकारमा नियुक्त



काठमाडौं । पर्यटन व्यवसायी रामसुन्दर बकेलाई कालिका माध्यमिक विद्यालय रामेछापले सल्लाहकारमा नियुक्त गरेको छ।

बकेलाई रामेछापको शैलुङ गाउँपालिका वडा नम्बर ६ रिट्ठेमा रहेको कालिका माध्यमिक विद्यालयको शैक्षिक उन्नयनमा पु¥याएको योगदानको कदर गर्दै सल्लाहकारमा नियुक्त गरिएको विद्यालयले जनाएको छ ।

सामाजिक तथा व्यवसायिक क्षेत्रमा सफल पर्यटन व्यवसायी बके समाजसेवीको रुपमा समेत परिचित छन् ।

प्रकाशित मिति : ३ जेष्ठ २०८१, बिहिबार  ७ : १९ बजे